Thursday, June 25, 2015

युवा दर्शन (कविता)

हे युवा हे परिवर्तनकारी शक्ति
आऊ बाहिर आऊ परिवर्तन ल्याउनु छ।
दिनभर घरमा कति बस्छौ ?
लुतो कनाउन अझै छाडेनौ ?
छोड लुतो कनाउन छोड
मलम लगाऊ,बाहिर आऊ
सङ्घर्ष गर,२\४ गोली खाऊ
समाज बनाउने जिम्मा तिम्रो हो।।।


हे युवा हे परिवर्तनकारी शक्ति
त्यो जाडोमा त्यो गर्मिमा,
प्रेमि प्रेमिकाको यादमा कति तड्पिन्छौ ?
प्रेमिकाको पिडाल्ना मुसार्न अझै छोडेनौ ?
छोड प्रेमिको दारि मुसार्न छोड
झुरे झाम्रे लुते कुते जे भएनि
आऊ सडकमा आऊ,२\४ लाठि खाऊ
देश बनाउने जिम्मा तिम्रो हो।।।


No comments:

Post a Comment