Saturday, August 24, 2013

मुक्तक

मुक्तक

दुनियाँले मेरो खुशी, लुट्न थाल्यो आज यहाँ 

आखाँबाट अश्रुधारा, छुट्न थाल्यो आज यहाँ ।।

खुशी जति हराएर, पिडाहरु छल्कि दिदाँ
 
मन भित्र ज्वालामुखी, फुट्न थाल्यो आज यहाँ ।।

भविष्यको सुख खोज्न, दुःख सगँ लड्छु भन्दा,

समयको असिनाले, चुट्न थाल्यो आज यहाँ ।।

गन्तव्यका यात्राहरु, अनायासै हराउदा,

विश्वश्ताको नाता पनि, टुट्न थाल्यो आज यहाँ ।।

जीवनकै उपहार, गह भरि आशुँ झर्दा 
,
चारै तिर ज्वारभाटा, उठ्न थाल्यो आज यहाँ ।।





Saturday, August 17, 2013

गजल


गजल

दिलको बस्तिमा दिल दिदा, प्यार पाए पछि।

के के भयो भित्री बदनमा, यार पाए पछि।

पागलै भएँ तिम्रो त्यो, अधर नजरमा,

सूक्ष्म दृष्टिले नियाली हेर्दा, सार पाए पछि।

जीवनको एकल यात्रा यो, कठिन तिमी बिना,

आज सहज बनेछ झनै, आधार पाए पछि।

बिस्तारै भित्रीयो माया, भन्सार बाटा मनमा,

तिम्रो मुटुमा मेरो प्रेमले, बजार पाए पछि।

रंगमञ्च त्यो एउटै बन्यो, हर दिन रात,

कञ्चन मनमा नेपथ्यको, तार पाए पछि ||


Friday, August 16, 2013

gajal



  कसैले सिरानीमा गुलाब छोडेर गएकाछन्
 
 
कसैले उपहार किताब छोडेर गएकाछन्

 

 
मेरो यो छातीमा ज्वाला दन्काई प्रिय मान्छेहरु

 
 
जीवन्त: पुग्ने गरि तनाब छोडेर गएकाछन्


 
 
एक झुप्पो प्यार बोकेर भट्टी छिरेका बिचरा तिँ

 
 
पागल प्रेमीहरुले सराब छोडेर गएकाछन्