Friday, June 6, 2014

हिरोइन गरिमा पन्तसंग राष्ट्रपति यति धेरै प्रभावित

श्रीलंकामा हालै सम्पन्न सार्क फिल्म फेस्टिभलमा उत्कृष्ट हिरोइनको अवार्ड उचाल्न सफल अभिनेत्री गरिमा पन्तलाई राष्ट्रपति डा. रामवरण यादवले विशेष भेटेका छन् ।
बिहिबार राष्ट्रपति कार्यालय सितल निवासमा भएको एक घण्टे विशेष भेटवार्तामा राष्ट्रपति यादवले ‘झोला’ फिल्मबाट अन्तर्राष्ट्रिय जगतमै नेपालको नाम फैलाउन सफल भएको भन्दै गरिमालाई बधाई दिदै आगामी भबिष्यका लागि आर्शिवाद समेत दिए ।
‘मैले पुरै फिल्म हेर्न पाएको छैन तर टेलिभिजनमा बजिरहेको ट्रेलरमा तपाईले बुढो मान्छेलाई बोकेको दृश्यले मेरो मन छोएको थियो र तपाई पुरस्कृत भएको जानकारी चन्दा जी बाट सुनेपछि यो भेटवार्ता त्यहि भएर आयोजना गरिएको हो ।’ राष्ट्रपतिले आफ्नै अगाडी हौसलाका ती शब्दहरु भनिरहदा गरिमा प्रशन्न मुद्रामा थिईन् ।
देशको राजनीति सुधार नभई कुनै क्षेत्र सुधार हुन सक्दैन त्यसैले आफ्नो अभिनय यात्रालाई यसैगरी अगाडी बढाईरहनु भन्दै राष्ट्रपतिले गरिमाका लाग एक घण्टा समय खर्चिए । ब्यस्तताका बाजुत २० मिनेट मात्र समय निकालेका राष्ट्रपति यादवले गफिने क्रममा पुरै एक घण्टा विताएका थिए ।यहि दृश्यले गरिमासंग राष्ट्रपति प्रभावित भएका थिए
‘तपाईको फिल्म राष्ट्रपति कार्यालका सवै सदस्यहरु र मेरो निजि परिवारसंग बसेर हेर्न चाहान्छु त्यसैले त्यो दिन पनि तपाईको उपस्थिती हुने छ भन्ने विश्वास लिएको छु ।’ यादवले गरिमालाई भनेका छन् ।
यता गरिमाले चाहि सञ्चारकर्मीहरुसंगको छोटो प्रतिक्रियामा राष्ट्रपतिले दिएको हौसलालाई शब्दमा बयान गर्न नसक्ने भनी प्रतिक्रिया दिएकी छिन् । नेपालकै प्रतिनिधित्व गर्दै पहिलो पटक अन्तर्राष्ट्रिय अवार्ड जित्ने अभिनेत्री बनेकी गरिमा राष्ट्राध्यक्षको निम्तोमा शुभकामना पाउने पहिलो अभिनेत्री पनि बनेकी छिन् ।
गत बर्षको हिट फिल्महरुको लिष्टमा अटाएको झोलाका निर्देशक र निर्माता चाहि राष्ट्रपतिसंगको भेटवार्तामा उपस्थित थिएनन् । सो भेटमा सिमित फिल्म पत्रकारहरुको मात्र उपस्थिती थियो ।
नोट : समाचारको तेश्रो हरफमा राष्ट्रपतिले सम्बोधन गरेको चन्दा (चन्दा अधिकारी) प्रोफाईल तस्बिरको पहेलो कुर्तामा रहेकी महिला गरिमा पन्तकी निकट साथी हुन जो पि.के कलेजको ईकाई सभापति एवं स्ववियू कि सह- सचिव हुन । चन्दा र गरिमाको २०६१ साल देखि चिनजान भएको थियो र उनैको सक्रियतामा राष्ट्रपतिबाट गरिमाले यसरी बधाई पाएकी हुन । 
L